बिहीबार, साउन १४, २०८३

गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त

 |  सोमबार, पुस २८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०८२

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई सरकारी मुख पत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए।

भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए।

प्रकाशित: Jan 12, 2026| 16:33 सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्