बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल

 |  आइतबार, पुस २७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका छन्।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसले महिला, दलित, मधेसी, जनजाति तथा सिमान्तकृत समुदायमाथिको विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे।

उनले भने, ‘नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी मात्रै होइन, कांग्रेस देशका सबै वेथितिविरुद्धको एउटा अभियान हो। कांग्रेस महिला विभेदविरुद्धको अभियान थियो। कांग्रेस दलित विभेदविरुद्धको अभियान थियो। मधेसी, जनजाती, सिमान्तकृत विभेद विरुद्धको अभियान थियो। नेपालमा समानता, बहुलवाद, फरक विचारको कुरासमाजमा कांग्रेसले गरेको हो।’

नेता पौडेलले आजको लोकतान्त्रिक व्यवस्थाको प्रारम्भिक चरणमै त्यसको वकालत गर्दै अधिकारका लागि लडेको इतिहास नेपाली कांग्रेससँग रहेको स्मरण गराए। तर सोही इतिहास बोकेको पार्टी आज कमजोर अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे।

उनले नेपालको लोकतन्त्र जोगाउन र देशमा अतिवाद समाप्त गर्न नेपाली कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए। नागरिकको अपेक्षा अनुरूप कांग्रेस निर्माण गर्ने प्रक्रियामा पार्टीले धेरै ठाउँमा कमजोरी गरेको स्वीकार गर्दै उनले त्यसको जिम्मेवारी लिनुपर्ने बताए।

नेतृत्वप्रति संकेत गर्दै पौडेलले कांग्रेसको भविष्य जोगाउने कि नेतृत्व रक्षाका नाममा भविष्य समाप्त गर्ने भन्ने निर्णय पार्टीकै हातमा रहेको बताए। उनले बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुने बताउँदै पौडेलले विश्वास प्राप्त गर्न नसक्ने नेताले नैतिकताको ख्याल गर्नुपर्ने बताए।

प्रकाशित: Jan 11, 2026| 18:26 आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्