शनिबार, वैशाख १९, २०८३

एनएमबि बैंकको ३० औँ साधारण सभा सम्पन्न

 |  आइतबार, पुस २७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०८२

 

National life

काठमाडौं- एनएमबि बैंकको ३० औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। बैंकका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न उक्त सभाले सेयरधनीहरूका लागि आकर्षक लाभांश पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

वित्तीय विवरणअनुसार, बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सोही अवधिमा बैंकले २८३।६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Jan 11, 2026| 10:46 आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्