आइतबार, पुस २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, तिनका परिवार र ग्राहकले ओम हस्पिटलमा सेवा लिँदा छुट पाउने

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, तिनका परिवार र ग्राहकले ओम हस्पिटलमा सेवा लिँदा छुट पाउने

 |  आइतबार, पुस २७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०८२

काठमाडौं-नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, तिनका परिवार र ग्राहकले ओम हस्पिटलमा सेवा लिँदा छुट पाउने भएका छन्। उनीहरूलाई काठमाडौं चाबहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो। 
 
सम्झौताबमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

National life

सो सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे। 

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन्।   

 
 

प्रकाशित: Jan 11, 2026| 10:42 आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्