काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।
सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरू हुन लागेको हो।
विशेष महाधिवेशन आज र भोलिसम्म चल्नेछ।
आज विभिन्न क्षेत्रबाट निस्केको र्याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ।
महाधिवेशन प्रतिनिधिहरू भने काठमाडौं आइसकेका छन्।