बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राणा  र लोहनी नेतृत्वको राप्रपाबीच एकता हस्ताक्षर आज

राणा  र लोहनी नेतृत्वको राप्रपाबीच एकता हस्ताक्षर आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – पशुपतिशम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवाबदीबीच पार्टी एकीकरण हुने भएको छ। ती दूबै पार्टीका अध्यक्षले आज १२ बजे एकता हस्ताक्षर गर्ने छन्।

राप्रपा प्रजातान्त्रीका महामन्त्री राजाराम श्रेष्ठले नेपाल समयलाई दिएको जानकारी अनुसार बिहिबार दिउँसो १२ बजे राप्रपा प्रजातान्त्रीकको पार्टी कार्यालय चावहिलमा दुबै पार्टीको केन्द्रीय पदाधिकारीको संयुक्त बैठक बस्ने र सोही बैठकमा दुबै अध्यक्षले पार्टी एकतामा हस्ताक्षर गर्ने छन्।

दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताको टुंगो लागेको हो। एकीकरणमा सहमतिका लागि हस्ताक्षर गर्नका लागि मंगलबार अबेरसम्म दूबै दलका नेताहरुबिच छलफल भएको थियो। एकीकृत नयाँं पार्टीमा  दुई अध्यक्ष हुने सहमति यस अघिनै भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।