शनिबार, पुस २६, २०८२

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

 |  शुक्रबार, पुस २५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०८२

काठमाडौं। खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशत रहेको छ।

National life

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको थियो। गत मङ्सिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ०५ प्रतिशतले ऋणात्मक रहेको छभने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ।

पछिल्लो पाँच महिनाको औसत मुदास्फीति एक दशमलव ५५ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ८९ प्रतिशत रहेको थियो।

मङ्सिरमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ५२, गैरमदिराजन्य पेय पदार्थको तीन दशमल्व ५६ र दुग्ध पदार्थ तथा अण्डाको दुई दशमलव ४४ प्रतिशतले बढेको छ।

तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क आठ दशमलव ५४, मरमसलाको आठ दशमलव ४३ र दाल तथा गेडागुडीको पाँच दशमलव ७९ प्रतिशतले घटेको छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८ दशमलव ५६, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेय पदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २३ प्रतिशतले घटेको छ।

Laxmi sunrise bank
kumari

मंसिर महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ०९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ८३ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ५४, मधेस प्रदेशको दुई दशमलव ०१, बागमती प्रदेशको एक दशमलव ४८, गण्डकी प्रदेशको एक दशमलव ०८, लुम्बिनी प्रदेशको एक दशमलव ६७, कर्णाली प्रदेशको एक दशमलव ०९ र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ४० प्रतिशत रहेको छ।

त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ९५ प्रतिशत र तराईको एक दशमलव ७१ प्रतिशत रहेको छ।

प्रकाशित: Jan 09, 2026| 19:57 शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्