शनिबार, पुस २६, २०८२

कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने

 |  शुक्रबार, पुस २५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षधरहरुले महाधिवेशन उद्घाटन अघि काठमाडौंको विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने भएको छ।

National life

शुक्रबार महाधिवेशनको सन्दर्भमा जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलनगरी भेलाको रुट सार्वजनिक गरेको हो।

समितिले आइतबार बिहान ११ बजे निर्धारित स्थानमा भेला हुन सबैलाई आव्हान गरेको छ।

यस्तो छन् निर्धारित रुटहरु

रुट न. १

Laxmi sunrise bank
kumari

भेला हुने स्थान–सुन्धारा

जिल्लाह – चितवन, अर्धखाची, धवनपुर ,सुदुर पश्चिमका जिल्लाहरु र काठमाण्डौ जिल्लाका निर्वाचन क्षेत्र न ८,९र १० अन्तर्गत पर्ने सबै कार्यकर्ता।

सुन्धारामा भेला भई विर अस्पताल–रत्नपार्क पुरानो बसपार्क हुँदै भृृकुटीमण्डप पुग्ने।

रुट न. २

भेला हुने स्थान ः रत्नपार्क

जिल्लाहरु– नुवाकोट, रसुवा, धादिङ्

रत्नपार्क – पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्ने।

रुट न. ३

भेला हुने स्थान ः पद्मकन्या क्याम्पस

जिल्लाहरु– बॉके, बर्दिया जनकपुर, मधेस प्रदेशका जिल्लाहरु,काठमाडौं जिल्लाका निर्वाचन क्षेत्र न ५,६ र७ अन्तर्गत पर्ने सबै नगर, बडा समितिहरु।

पद्मकन्या क्याम्पस –पुतलीसडक –शंकरदेव क्याम्पस –पद्मोदय –भृकुटीमण्डप पुग्ने।

रुट न. ४

भेला हुने स्थान ः पद्मोदय –शंकरदेव क्याम्पस

जिल्लाहरु– भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्दुपालचोक, सिन्दुली, काठमाडौ जिल्लाका निर्वाचन क्षेत्र न २ र ३ अन्तर्गत पर्ने सबै नगर वडा समितिहरु

शंकरदेव क्याम्पस – पद्मोदय –भृकुटीमण्डप

रुट न. ५

भेला हुने स्थान – कमल पोखरी

जिल्लाहरु–काठमाण्डौ जिल्लाका निर्वाचन क्षेत्र न १२४ अन्तर्गत पर्ने सबै नगर, वडा समितिहरु।

कमल पोखरी – चार खाल अड्डा –डिल्लीबजार –पुतलीसडक– शंकरदेव क्याम्पस पद्मोदय – भृकुटीमण्डप

रुट न. ६

भेला हुने स्थान – कुपण्डोल

जिल्लाहरु – ललितपुर, मकवानपुर

प्रकाशित: Jan 09, 2026| 17:36 शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्