बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगसँग लिइन् आगामी निर्वाचनबारे जानकारी

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगसँग लिइन् आगामी निर्वाचनबारे जानकारी

 |  शुक्रबार, पुस २५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगसँग आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन्।

उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ।

बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित: Jan 09, 2026| 17:11 शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्