शनिबार, पुस २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति

कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति

 |  शुक्रबार, पुस २५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०८२

काठमाडौं- एन आई सी एशिया बैंकले आफ्नो इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

National life

बिहीबार एक विज्ञप्ति जारी गर्दै बैंकले शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्ने, हुलहुज्जत गर्ने र पेट्रोल छर्केर आगजनीको प्रयास गर्ने जस्ता गैरकानुनी कार्य भएको भन्दै भर्त्सना गरेको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलद्वारा जारी विज्ञप्तिमा बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा हुने यस्ता उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ।

यस्ता घटनाले बैंकिङ्ग क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको बैंकले जनाएको छ।

बैंकले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न र बैंक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 09, 2026| 10:25 शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्