बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

 |  बिहीबार, पुस २४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०८२

National life

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक लगाएको छ।

रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आज आचारसंहिता पालनासम्बन्धी सूचना जारी गर्दै प्रचारप्रसारका सामग्री यसअघि सामाजिक सञ्जालमा राखिएको भए पनि ती सामग्री हटाउन निर्देशन दिएको छ।

प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिताअनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचारप्रसार गर्न सकिने पार्टीले उल्लेख गरेको छ।

सूचनामा भनिएको छ, “प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फका आकाङ्क्षी उम्मेदवारमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिइ वा नदिइ सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारीको प्रचारप्रसार गरेको देखिन आएको छ, यस्तो प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकाङ्क्षी सदस्यलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचारप्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्री हटाउन निर्देश गरिन्छ।”

Shivam cement

प्रकाशित: Jan 08, 2026| 21:26 बिहीबार, पुस २४, २०८२
प्रतिक्रिया दिनुहोस्