बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड

संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड

 |  बिहीबार, पुस २४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट घटकलाई आफ्नो पार्टीमा एकताबद्ध हुन आह्वान गरेका छन्।

आज पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको समृद्धिका निम्ति जनताको चाहनाबमोजिम सम्पूर्ण कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड दिए।

उनले भने, 'मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न अहिलेको आवश्यकता भनेको कम्युनिष्टबीच बृहत् राष्ट्रिय एकता हो, हामी एक हुँदा जेनजी पुस्ताको आकाङ्क्षा पूरा गर्न सकिन्छ।'

संयोजक दाहालले जेनजी युवाले आफ्ना विचार र भावना राख्नसक्ने पार्टी नेकपा मात्रै भएको उल्लेख गर्दै राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो पार्टीमा आएको बताए।

नेपाल दलित मुक्तिमोर्चाका प्रतिनिधिसँग आज भएको भेटमा दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकारका निम्ति आफ्नो पार्टीले लामो समयदेखि सङ्घर्ष गर्दै आएको प्रष्ट पारे।

प्रकाशित: Jan 08, 2026| 21:17 बिहीबार, पुस २४, २०८२
प्रतिक्रिया दिनुहोस्