शुक्रबार, पुस २५, २०८२

विशेष महाधिवेशनमा देउवालाई गगनले गरे निमन्त्रणा

 |  बिहीबार, पुस २४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनको निमन्त्रणा सन्देश पठाएका छन्।

National life

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले सभापति देउवालाई विशेष महाधिवेशनको निमन्त्रणा पठाएका हुन्। उनले विशेष महाधिवेशनको दिन पुस २७ गते कार्यक्रममा सहभागी हुन आग्रहसहित सन्देश सुनाइदिन कार्यबहाक सभापति खड्कालाई आग्रह गरेका छन्।

‘पुस २७ गते पार्टी सभापति सहभागी हुनुपर्छ। त्यसले उहाँकै मान बढाउँछ। अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ। कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्‍याइदिनु होला,’ उनले भनेका थिए।

प्रकाशित: Jan 08, 2026| 20:40 बिहीबार, पुस २४, २०८२
प्रतिक्रिया दिनुहोस्