बिहीबार, साउन १४, २०८३

ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

 |  बुधबार, पुस २३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०८२

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्।

बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले बुधबार साँझ राजीनामा बुझाएका हुन्।

मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध भएर सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन मन्त्री घिसिङलाई निर्देशन दिएकी थिइन्।

 

photo-4_50671f57-1767802731.jpg

प्रकाशित: Jan 07, 2026| 22:04 बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्