बिहीबार, साउन १४, २०८३

कांग्रेसका सुनिल बहादुर थापा राष्ट्रिय सभामा निर्वाचित

 |  बुधबार, पुस २३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०८२

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको अन्य क्लस्टरबाट धनकुटाका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। अन्य क्लस्टरमा नेपाली कांग्रेसबाट थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

नेकपाबाट उम्मेदवार बनाइएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

घिमिरेले वारेसमार्फत उम्मेदवारी दर्ता गर्न खोजेको तर वारेस दिन पत्रमा उनको हस्ताक्षर नभएको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले दर्ता नगरेको बुझिएको छ।

 

प्रकाशित: Jan 07, 2026| 16:47 बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्