सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त

एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त

 |  बुधबार, पुस २३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०८२

National life

काठमाडौं- बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका रामकृष्ण खतिवडा एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो।

चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक लामो व्यावसायिक अनुभव हासिल गरेका छन्। 

उनी वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित छन्। यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उनले उच्च पदमा रहेर काम गरेका छन्। 

प्रकाशित: Jan 07, 2026| 10:43 बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्