बिहीबार, पुस २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकको २४औं साधारण वार्षिक सम्पन्न,१०.३७ प्रतिशत लाभांश पारित

महालक्ष्मी विकास बैंकको २४औं साधारण वार्षिक सम्पन्न,१०.३७ प्रतिशत लाभांश पारित

 |  बुधबार, पुस २३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।सभाले शेयरधनीलाई १०.३७ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले नयाँ सञ्चालक समितिसमेत चयन गरेको छ। संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरि र सागर मल्ल तथा सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको बैठकले राजेश उपाध्यायलाई अध्यक्षमा चयन गरेको छ। अध्यक्ष उपाध्यायले बैंकको वित्तीय परिसूचकहरूमा सुधार आएको र आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: Jan 07, 2026| 10:15 बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्