बिहीबार, साउन १४, २०८३

डा केसीले औषधीसमेत खान मानेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- दिनानुदिन कमजोर बन्दै गएका अनशनरत डा गोविन्द केसीले औषधीसमेत खान अस्विकार गरेका छन् । दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । 

मंगलबारदेखि नै छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरूले दिएको जानकारी दिए । उनका अनुसार डा केसी बोल्न समेत नसक्ने अवस्थामा पुगेका छन् । उनले चिकित्सकसँग इसाराले कुरा गर्ने गरेका छन् । केसीको रगतमा सुगरको मात्रा कम र मुटुको धडकन अस्थिर देखिएको छ ।

१५औं अनशनका क्रममा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनाउनुपर्ने मागसहित उनी अनशनमा बस्दै आएका छन् । तर उनको माग विपरित विद्येयक बनाएर सरकारले प्रतिनिधिसभाबाट समेत पारित गराइसकेको छ । बिहीबार राष्ट्रिय सभाबाट पनि पारित गर्ने कार्यसूची रहेको छ । उनले माग बमोजिम विधेयक संसोधन गर्न समेत सरकार तयार देखिएको छैन् ।  

डा. केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। उनी अनशन बसेको बिहीबार २३ दिन पुगेको छ। इलामबाट अनशन सुरु गरेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।