काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
मंगलबार बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धि छलफलको लागि एमालेले सचिवालय बैठक बोलाएको छ।