बिहीबार, साउन १४, २०८३

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छः मन्त्री घिसिङ

 |  सोमबार, पुस २१, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०८२

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताएका छन्।

भक्तपुरमा आज नागरिक भेटघाट एवं छलफल कार्यक्रममा उनले अब हरेक नागरिकले आफ्ना लागिभन्दा देशका लागि केही दिऔँ भनेर अगाडि बढ्नुपर्ने बताए।

मन्त्री घिसिङले भने, 'देशले परिवर्तन खोजेको छ, त्यसैले यथास्थितिबाट माथि उठ्न मैले के पाएँ भन्नुभन्दा पनि देशले के पायो ? देशलाई के दिन सक्छौँ भनेर सोच्नुपर्ने भएको छ । सबै जना गम्भीर बनेर परिवर्तनको बाटोमा अगाडि बढौँ।'

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत परिवर्तनलाई संस्थागत गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: Jan 05, 2026| 20:59 सोमबार, पुस २१, २०८२
प्रतिक्रिया दिनुहोस्