बिहीबार, साउन १४, २०८३

कांग्रेसले राष्ट्रिय सभामा गठबन्धन गर्ने

 |  सोमबार, पुस २१, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०८२

काठमाडौं। नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे।

सो क्रममा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ। माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो।

नेता वीरबहादुर बलायरले बैठकले गठबन्धन गर्ने निर्णय गरेको र सीट संख्याबारे नेताहरू बसेर सहमति जुटाउने बताए। त्यस्तै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए। भोलि मंगलबार उम्मेदवारको टुंगो लगाइने उनले बताए।

त्यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका थिए।

बैठकमा विशेष महाधिवेशनको विषयले चर्चा पाएन। तथापी, विशेष महाधिवेशन अभियन्ताका तर्फबाट नेता देवराज चालिसेले पुनः नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

चालिसेले विशेष महाधिवेशनका पक्षमा ५४.५८ प्रतिशत सदस्यले हस्ताक्षर गरेका, विधिसम्मत रूपमा उक्त प्रस्ताव दर्ता रहेकाले निस्क्रिय नहुने दावी गरे।

प्रकाशित: Jan 05, 2026| 17:42 सोमबार, पुस २१, २०८२
प्रतिक्रिया दिनुहोस्