शुक्रबार, असार १२, २०८३

दाङमा स्मार्ट ईभी ‘नामी भिगो’ सार्वजनिक

 |  सोमबार, पुस २१, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०८२

दाङ- नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति बनाउँदै दाङमा अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ।

National life

राप्ती अटोमार्टसँगको साझेदारीमा शनिबार आयोजित एक भव्य समारोहका बीच शोरूमको उद्घाटन गरिएको हो। शोरूम उद्घाटनसँगै कम्पनीले बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी ‘नामी भिगो’समेत सार्वजनिक गरेको छ। 

९९ किलोवाट मोटर र ३५० किलोमिटर रेन्ज रहेको यो ईभीमा लेभल-२ एडास प्रविधि र मात्र १८ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने अल्ट्रा-फास्टु चार्जिङ सुविधा रहेको छ।

नयाँ शोरूम उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष 'टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प' सुरु गरिएको छ। यस अन्तर्गत ग्राहकले नामी भिगो र नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् भने सेरेस मोडेलमा ६ लाख रुपैयाँसम्मको फाइदा र निःशुल्क बीमा प्राप्त गर्नेछन्।

शोरूमले दाङ र आसपासका क्षेत्रका ग्राहकलाई बिक्री, सर्भिस र स्पेयर पार्ट्सको पूर्ण सुविधा प्रदान गर्ने जनाएको छ। 

Shivam cement

प्रकाशित: Jan 05, 2026| 14:15 सोमबार, पुस २१, २०८२
प्रतिक्रिया दिनुहोस्