आइतबार, फागुन २४, २०८२

कांग्रेसद्वारा कार्यसम्पादन समिति बैठक आह्वान

 |  आइतबार, पुस २०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०८२

National life

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने पुस २६ को महाधिवेशन कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित यसअघि नै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् ।

611350926_122265278492163022_6992718466430144356_n-1767527838.jpg
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 04, 2026| 17:42 आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्