आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

 |  आइतबार, पुस २०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०८२

काठमाडौं-जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौले सम्मानित गरेको छ। 

National life

जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा यस कम्पनीले दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसम्भार र पुनःस्र्थापनामा गरेको सहयोगको सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको हो। 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट सो कदर पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रुपमा ग्रहण गरे।

दरबारमार्गको प्रहरी कार्यालय निर्माणार्थ यस कम्पनीले १७ लाखको सहयोग प्रदान गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिकमा स्थापित गराउन तथा प्रहरी कार्यालयको पुनःस्थापनामा यस कम्पनीले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो । 

यस अगावै पनि यस कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुननिर्माण कोषमा रु। १ करोड ५० लाखको सहयोग प्रदान गरेको थियो ।  साथै काठमाडौँको बसपार्क स्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ यस कम्पनीले ६० हजारको र जिल्ला प्रहरी कास्कीलाई कार्यसम्पादनलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनका निम्ति पाँच थान कम्प्युटर प्रदान गरिएको थियो।

Laxmi sunrise bank
kumari

गत भाद्र २३ र २४ गते भएको जेन्जी प्रदर्शन र आन्दोलनको क्रममा देशैभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुननिर्माण आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफले विभिन्न खालका कार्यक्रमहरु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि आर्थिक, सामाजिक र भौतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरूमा सहयोग गर्न कम्पनी तत्पर रहेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जनाए। 
 

प्रकाशित: Jan 04, 2026| 11:32 आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्