शुक्रबार, माघ २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको १९ औँ वार्षिकोत्सव सम्पन्न, बैंकद्वारा १९ कार्यक्रमको घोषणा 

ग्लोबल आइएमई बैंकको १९ औँ वार्षिकोत्सव सम्पन्न, बैंकद्वारा १९ कार्यक्रमको घोषणा 

 |  आइतबार, पुस २०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०८२

काठमाडौं- ग्लोबल आइएमई बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी १९ वटा कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र आयआर्जनका क्षेत्रमा सातै प्रदेशका विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कार्यक्रमहरू गरिने जनाएको छ। 

National life

बैंकका अनुसार ग्लोबल आइएमई स्वस्थ नारी पहलु अन्तर्गत सातै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ, जहाँ पाठेघरको क्यान्सर परीक्षण र आवश्यक शल्यक्रियासमेत गरिनेछ। यस्तै, सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गरिने र १५ सय विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिने बैंकले जनाएको छ। जटिल र दीर्घ रोगका बिरामीहरूका लागि आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रमसमेत समावेश छ।

बैंकले यस वर्ष थप ७७ जनासहित गरिब तथा जेहेन्दार छात्राहरूलाई कक्षा ६ देखि १२ सम्मको छात्रवृत्ति प्रदान गर्नेछ। साथै, दुर्गमका विद्यालयमा पुस्तकालय निर्माण, एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र उच्च शिक्षा (एमफिल तथा पिएचडी) गर्ने शोधकर्ताहरूलाई वित्तीय सहयोग प्रदान गरिनेछ।

ग्लोबल ग्रिन स्कूलु कार्यक्रममार्फत प्लास्टिक विस्थापन र वृक्षारोपण गरिनेछ। युवाहरूका लागि उद्यम शालाु मार्फत व्यावसायिक तालिम, अटिजम सचेतना, रक्तदान र खेलकुद सामग्री वितरण जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्। बैंकले आफ्ना ३५२ वटै शाखामार्फत विद्युतीय ठगी न्यूनीकरण र बैंकिङ्ग प्रणालीमा पहुँच बढाउन वित्तीय साक्षरता अभियान सञ्चालन गर्नेछ। 

नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको पहिलो निजी क्षेत्रबाट सञ्चालित बैंक ग्लोबल आइएमईले ३५२ शाखा, ३८४ एटिएम र एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। हालै' बेष्ट बैंक नेपाल २०२५' लगायतका विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट समेत सम्मानित यस बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 04, 2026| 11:14 आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्