शुक्रबार, पुस १८, २०८२

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

 |  शुक्रबार, पुस १८, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०८२

भरतपुर (चितवन)। नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन्। भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन्।

National life

उनले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए। उनले भने ‘आयोगले दुर्त गतिमा काम अघि वढाई रहेको छ। पछिल्लो आधार समानुपातीकको वन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरुले वन्द सूचि वुझाई सकेका छन्।’

१० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोवल उच्च भएको बताए। सरकारले निर्वाचनका लागि जनशक्ति सहित प्रयाप्त वजेट छुट्याई सकेको उनको भनाई थियो।

दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने ‘पार्टीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ। प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन्।’ जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफ सम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उनको भनाई थियो।

पत्रकारहरुको एक प्रश्नमा उनले आँफू अहिले नागरिक सरकारको प्रबक्ता भएको भन्दै अहिले सम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारे। उनले भने ‘चुनाब लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन।’ सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आँफू त्यसमा केन्द्रित भएको बताए। सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनाबको वातावरण बनाई रहेको उनको भनाई थियो।

Laxmi sunrise bank

प्रकाशित: Jan 02, 2026| 17:49 शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्