काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।
पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे तय गरिएको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि डाकिएको छ।
पुस २६ देखि निर्धारण गरिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ। यसै सन्दर्भमा विहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति निकाल्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका छन्। साथै विशेष महाधिवेशन आव्हान गरेका छन्।