बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अनिश तामाङ बने हिमालय रोडिज सिजन-७ का विजेता, पाए यामाहा एफजेड भी-३ र १० लाख पुरस्कार 

अनिश तामाङ बने हिमालय रोडिज सिजन-७ का विजेता, पाए यामाहा एफजेड भी-३ र १० लाख पुरस्कार 

 |  बिहीबार, पुस १७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- नेपालको चर्चित एडभेन्चर रियालिटी शो 'हिमालय रोडिज सिजन-७' का विजेता अनिश तामाङलाई पुरस्कार हस्तान्तरण गरिएको छ।सोमबार (पुस १४) प्रसारण भएको ग्राण्ड फिनालेबाट विजेता घोषित तामाङलाई आज एक समारोहका बीच मोटरसाइकल र नगद पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रमको टाइटल स्पोन्सर यामाहा नेपालका सिइओ दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड भी-३ मोटरसाइकल र हिमालय टीभीले उनलाई रु. १० लाख नगद पुरस्कार प्रदान गरेको छ। झापा घर भएका २६ वर्षीय तामाङ पेसाले नेपाली सेनामा कार्यरत छन्। शारीरिक क्षमता, मानसिक दृढता र अनुशासनका कारण उनी यस सिजनको विजेता बन्न सफल भएका हुन्।

गत सेप्टेम्बर १ देखि 'हेल अर हेभन' थिममा सुरु भएको यस सिजनमा अनुप विक्रम शाही, प्रियंका कार्की, आशिष राना (लाहुरे) र कविता नेपाली ग्याङ लिडरका रूपमा रहेका थिए।यामाहा नेपालले युवा सशक्तीकरण र साहसिक यात्रालाई प्रोत्साहन गर्न शोसँग सहकार्य गरेको जनाएको छ।

प्रकाशित: Jan 01, 2026| 10:28 बिहीबार, पुस १७, २०८२
प्रतिक्रिया दिनुहोस्