शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सनराइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न

 |  बुधबार, पुस १६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०८२
National life
Shivam cement

काठमाडौं-लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ। 

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ। 

आ.व. २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ। सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ। 

प्रकाशित: Dec 31, 2025| 12:25 बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्