बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल टेलिकमको विद्यार्थी लक्षित 'एनटी फाइबर विद्यार्थी अफर', मात्र ५ हजारमा वर्षभरि इन्टरनेट दिने 

नेपाल टेलिकमको विद्यार्थी लक्षित 'एनटी फाइबर विद्यार्थी अफर', मात्र ५ हजारमा वर्षभरि इन्टरनेट दिने 

 |  बुधबार, पुस १६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०८२

काठमाडौं- नेपाल टेलिकमले 'एनटी फाइबर विद्यार्थी अफर' सार्वजनिक गरेको छ। देशैभरका विद्यार्थीलाई लक्षित यस अफरको लागि माघ २२ गतेसम्म आवेदन दिन टेलिकमले आग्रह गरेको छ। 

National life

टेलिकमले ३० एमबीपीएस गतिको फाइबर इन्टरनेट वार्षिक मात्र ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ। यस योजना अन्तर्गत विद्यार्थीले वर्षभरि दैनिक २५ जीबी डाटा चलाउन पाउनेछन्। 

दैनिक २५ जीबीको सीमा सकिएमा ५ एमबीपीएसको स्पिडमा निरन्तर इन्टरनेट चल्नेछ। यसका साथै विद्यार्थीले ५०० रुपैयाँ जडान शुल्कमा १ थान ड्यूअल ब्यान्ड सिपीई र १०० मिटरसम्मको फाइबर तार निस्शुल्क प्राप्त गर्नेछन्।

को-को हुन् योग्य 
२०५४ साल वा सोभन्दा पछि जन्मिएका विद्यार्थीहरूले मात्र यो अफर प्राप्त गर्नेछन्। अफर लिनका लागि विद्यार्थीले आफ्नो जन्म दर्ता वा नागरिकताको प्रमाणपत्र र विद्यार्थी परिचयपत्र अनिवार्य पेश गर्नुपर्नेछ। नाबालकको हकमा अभिभावकको परिचयपत्र आवश्यक पर्ने टेलिकमले जनाएको छ।

कसरी लिने सेवा 
इच्छुक विद्यार्थीले आगामी माघ २२ गतेभित्र नेपाल टेलिकमको १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलु मार्फत वा नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्। यो प्याकेज एक वर्षका लागि मात्र हुने र अवधि सकिएपछि ग्राहकले टेलिकमका नियमित प्याकेजहरू मध्येबाट छनोट गर्नुपर्नेछ। 

Laxmi sunrise bank

प्रकाशित: Dec 31, 2025| 12:19 बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्