सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उम्मेदवारको खर्च सीमा २५ देखि ३३ लाखसम्म, कहाँका उम्मेदवारले कति गर्न पाउँछन् खर्च?

उम्मेदवारको खर्च सीमा २५ देखि ३३ लाखसम्म, कहाँका उम्मेदवारले कति गर्न पाउँछन् खर्च?

 |  मंगलबार, पुस १५, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०८२

काठमाडौं- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो।

आयोगका अनुसार काठमाडौंको १० मध्ये १,३,६,७ र ८ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रूपैयाँ खर्च गर्न पाउनेछन्।

त्यस्तै काठमाडौं-२, ४, ५, ९ र १० का उम्मेदवारले अधिकतम २७ लाख रूपैयाँ खर्च गर्न पाउनेछन्। भक्तपुर र ललितपुरका उम्मेदवारले पनि २७ लाख नै खर्च गर्न पाउनेछन्।

झापा १ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लामा उठ्ने उम्मेदवारले २९ लाख खर्च गर्न सक्नेछन्।  

झापा-२,३,५ का उम्मेदवारले भने अधिकतम ३१ लाख खर्च गर्न पाउनेछन्।

४१ लाख खर्च गर्न सक्नेमा इलाम, धनकुटा, मोरङ, सुनसरी, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, कास्की लगायत विभिन्न जिल्लाका छन्।

त्यस्तै ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी, बैतडीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले भने अधिकतम ३३ लाख खर्च गर्न पाउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ। त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ। 

प्रकाशित: Dec 30, 2025| 08:29 मंगलबार, पुस १५, २०८२
प्रतिक्रिया दिनुहोस्