सोमबार, पुस १४, २०८२

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट सुरु

 |  सोमबार, पुस १४, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०८२

काठमाडौं- राष्ट्रिय घर निर्माण फेस्ट(२०८२) सुरु भएको छ। घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु फेस्टको भौतिकपूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका हुन्‌।

National life

'जे गर्छौं, नेपालमै गर्छौ भन्ने नारासहित सुरु भएको फेस्ट नेपालमै अवसरहरु छन भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताउनुभयो'। निर्माण सम्बन्धी नेपालको सबैभन्दाठूलो मेलाका रुपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको छ।
 
पहिलो दिन आज १५ हजार बढी दर्शकले मेलाको आवलोकन गरेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ। ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टमा २ अर्ब बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। मेलामा विश्वकै ठूलो इट्टा लगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ।

आजबाट सुरु भएको फेस्ट आगामी मंगलबारसम्म जारी रहने छ। नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै व्रान्डहरूले अझै पनि समान रूपमा ग्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गरिएको हो।

प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा व्रान्डिङ परामर्श मार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्याउन सक्नेछन्‌। त्यस्तै 'उल्टो घर, डोम हाउस',६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणका रूपमाराखिएको छ।

प्रकाशित: Dec 29, 2025| 14:33 सोमबार, पुस १४, २०८२
प्रतिक्रिया दिनुहोस्