काठमाडौं- लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५-इम्पावरिङ इन्टरप्राइजेज अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित नवप्रवर्तनलाई सशक्त बनाउन Aadyanta Advisory Pvt. Ltd. र अमेरिकन चेम्बर अफ कमर्स इन नेपालसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
सातौँ वर्षमा प्रवेश गरेको डिजिटल डिसेम्बर अभियान सुरुमा डिजिटल सचेतना पहलका रूपमा अघि बढाइएको भए पनि अहिले यो उद्यम रूपान्तरणका लागि एक रणनीतिक प्लेटफर्मका रूपमा विकास भइसकेको बैंकले जनाएको छ।
डिजिटल डिसेम्बर २०२५ ले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपिआई तथा होस्ट टु होस्ट कनेक्टिभिटी मार्फत उद्यमहरूको सञ्चालन प्रणालीसँग बैंकिङ सेवा एकीकृत गर्ने र डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको प्रमुख माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
सम्झदारीअनुसार बैंकको उद्यम डिजिटलाइजेशन पहललाई नवप्रवर्तनसँग जोड्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडिनेछ।
यसले उनीहरूलाई पूँजी पहुँचका लागि तयार पार्नुका साथै बजार तयारी र विस्तार क्षमताको मूल्याङ्कनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
डिजिटल अभिग्रहणदेखि डिजिटल सिर्जनासम्म
सम्झौताअन्तर्गत लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरू एपिआइ सक्षमकरण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारीसँग मेल खाने सहकार्य क्षेत्रहरू पहिचान गर्नेछ।
यसमा नवप्रवर्तकहरूलाई उद्यम–सम्बन्धित डिजिटल समाधानको प्रोटोटाइप विकासका लागि Open APIs वा sandbox वातावरणमा पहुँच, उच्च सम्भावना भएका उद्यमसँग प्रारम्भिक चरणमै संलग्नता, तथा डिजिटल वित्त, fintech आधारित वृद्धि र स्टार्टअप तथा scale-up पूँजी पहुँचसम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन्।
यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने Seeding and Scaling Innovations, Code for Impact Hackathons र U.S.- Nepal Commercial Diplomacy Discussion Series जस्ता तीनवटा राष्ट्रव्यापी पहललाई समेत सहयोग गर्नेछ।
यी कार्यक्रमहरूमा सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक, प्रारम्भिक चरणका संस्थापक र उदाउँदा उद्यमीहरूको सहभागिता रहनेछ। कार्यक्रमहरूको उद्देश्य fintech, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जलवायु सहनशीलता जस्ता क्षेत्रमा उद्यमी तयार पार्नुका साथै AI मा आधारित समाधानको विकासलाई प्रवर्द्धन गर्नु हो।
नवप्रवर्तन अर्थतन्त्रसँग उद्यम भुक्तानीको समन्वय
डिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तनसँग जोड्दै लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई सञ्चालन सुधारको माध्यम मात्र नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहका रूपमा स्थापित गर्ने प्रयास गरेको छ।
बैंकका अनुसार यो समझदारीले एकल उत्पादनमा सीमित बैंकिङ सेवाबाट प्लेटफर्म-आधारित बैंकिङतर्फको रूपान्तरणलाई प्रतिबिम्बित गर्छ, जहाँ APIs, एकीकृत भुक्तानी प्रणाली र host-to-host कनेक्टिभिटीले व्यवसायलाई सुरक्षित र प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुर्याउँछ।
कार्यक्रमको डिजाइन, मार्गदर्शन (mentorship) र संलग्नताको समन्वय Aadyanta Advisory ले गर्नेछ भने AmCham Nepal र Aadyanta Fund Management ले निजी क्षेत्रका सञ्जाल परिचालन गरी भिजिबिलिटी, ज्ञान आदान-प्रदान र व्यापक सहभागिता सुनिश्चित गर्नेछन्।
एक महिनाभर सञ्चालन हुने डिजिटल डिसेम्बर २०२५ अभियान समापनतर्फ उन्मुख हुँदै गर्दा यो समझदारीले कारोबारको डिजिटलाइजेशनभन्दा अगाडि बढेर नेपालको डिजिटल विकासको आगामी चरणलाई आकार दिने उद्यम,नवप्रवर्तक र प्रणालीहरूलाई सशक्त बनाउने दिशामा लक्ष्मी सनराइज बैंकको प्रतिबद्धता व्यक्त गरेको छ।