आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पप-कल्चर फेस्टिभलमा यामाहाको सहभागिता, एमटी-१५ को स्टन्ट शो र र्‍याली हुने

पप-कल्चर फेस्टिभलमा यामाहाको सहभागिता, एमटी-१५ को स्टन्ट शो र र्‍याली हुने

 |  आइतबार, पुस १३, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०८२

काठमाडौं- यामाहा नेपालले देशकै सबैभन्दा ठूलो पप(कल्चर फेस्टिभलमा सह(प्रायोजकका रूपमा सहभागिता जनाउने भएको छ।

National life

विज्ञप्तिका अनुसार, युवापुस्ता र 'स्ट्रिट कल्चर' सँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउन यामाहाले यो सहकार्य गरेको हो।

फेस्टिभलमा एड्रेनालिनले भरिपूर्ण रोमाञ्चक स्टन्ट प्रदर्शन, यामाहाको नक्साल शोरुमदेखि द प्लाजासम्म विशेष एमटी-१५ 'राइड-आउट', द प्लाजामा राइडरहरूबीच भेटघाट र अन्तर्क्रिया तथा एमटी-१५ राइडरहरूद्वारा कस्टमाइज्ड बाइकहरूको विशेष प्रदर्शनी रहनेछ।

यामाहाले एमटी-१५ सिरिजलाई 'स्ट्रिट डोमिनेन्स' को प्रतीकका रूपमा प्रस्तुत गर्दै युवाहरूको सिर्जनशीलता र जीवनशैलीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।

फेस्टिभलमा कस्प्ले र पप-कल्चरका गतिविधिहरू पनि समावेश हुनेछन्। यामाहा नेपालले आफूलाई केवल मोटरसाइकल ब्रान्ड मात्र नभई नयाँ पुस्ताको ऊर्जासँग मिल्ने जीवनशैलीको रूपमा स्थापित गर्न यो कदम चालेको जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 28, 2025| 16:54 आइतबार, पुस १३, २०८२
प्रतिक्रिया दिनुहोस्