आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पप-कल्चर फेस्टिभलमा यामाहाको सहभागिता, एमटी-१५ को स्टन्ट शो र र्‍याली हुने

पप-कल्चर फेस्टिभलमा यामाहाको सहभागिता, एमटी-१५ को स्टन्ट शो र र्‍याली हुने

 |  आइतबार, पुस १३, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०८२

काठमाडौं- यामाहा नेपालले देशकै सबैभन्दा ठूलो पप(कल्चर फेस्टिभलमा सह(प्रायोजकका रूपमा सहभागिता जनाउने भएको छ।

National life

विज्ञप्तिका अनुसार, युवापुस्ता र 'स्ट्रिट कल्चर' सँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउन यामाहाले यो सहकार्य गरेको हो।

फेस्टिभलमा एड्रेनालिनले भरिपूर्ण रोमाञ्चक स्टन्ट प्रदर्शन, यामाहाको नक्साल शोरुमदेखि द प्लाजासम्म विशेष एमटी-१५ 'राइड-आउट', द प्लाजामा राइडरहरूबीच भेटघाट र अन्तर्क्रिया तथा एमटी-१५ राइडरहरूद्वारा कस्टमाइज्ड बाइकहरूको विशेष प्रदर्शनी रहनेछ।

यामाहाले एमटी-१५ सिरिजलाई 'स्ट्रिट डोमिनेन्स' को प्रतीकका रूपमा प्रस्तुत गर्दै युवाहरूको सिर्जनशीलता र जीवनशैलीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।

फेस्टिभलमा कस्प्ले र पप-कल्चरका गतिविधिहरू पनि समावेश हुनेछन्। यामाहा नेपालले आफूलाई केवल मोटरसाइकल ब्रान्ड मात्र नभई नयाँ पुस्ताको ऊर्जासँग मिल्ने जीवनशैलीको रूपमा स्थापित गर्न यो कदम चालेको जनाएको छ।

प्रकाशित: Dec 28, 2025| 16:54 आइतबार, पुस १३, २०८२
प्रतिक्रिया दिनुहोस्