बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कैलाली-५ मा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट जेनजी मनोज पुन सिफारिस

कैलाली-५ मा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट जेनजी मनोज पुन सिफारिस

 |  शुक्रबार, पुस ११, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०८२

धनगढी । प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिष्ट पार्टीबाट मनोज पुन मगर सिफारिस भएका छन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीले जेनजी कोटाबाट सिफारिस गरेको हो।

National life

माओवादी जनयुद्धको सहिद परिवारको सदस्य तथा आदिवासी जनजातीको समेत प्रतिनिधित्व गर्ने भएकाले मगरको सक्रियतालाई हेरेर पार्टीले उम्मेदवार सिफारिस गरेको जनाएको छ।

जेनजी कोटाबाट सिफारिस भएका पुनले संक्षीप्त प्रतिक्रिया दिँदै पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वमा शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, समावेशी संविधान र उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्ने ऐतिहासिक काम सम्पन्न भएको उल्लेख गर्दै सोही कम्युनिष्ट आन्दोलनको विरासतलाई सुशासन, सामाजिक न्याय र विकाससँग जोडेर अघि बढाउने प्रतिवद्धता जनाएका छन्।

त्यस्तै उनले आफू भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिँदै सुशासनका पक्षमा काम गर्ने र सहिद तथा बेपत्ता र घाइते परिवारको अधुरा सपना पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पुन राजनीतिका साथै समाज सेवाका क्षेत्रमा समेत सक्रिय छन्। उनी सु्दूरपश्चिमकै ठूलो सेती प्रादेशिक अस्पतालका व्यवस्थापन समिति सदस्य समेत भइसकेका छन्। उनी विद्यार्थी संगठनमा सक्रिय रहनुका साथै विभिन्न संघ संस्थामा आवद्ध छन्।

Shivam cement

उनले सानैदेखि आफूमा समाजसेवाको भावना रहेकाले अवसर पाएको खण्डमा उचित काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन्। उनले आफ्नो परिवर्तनकारी यात्रामा सहयोग र समर्थन गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित: Dec 26, 2025| 17:04 शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्