सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पारामाउन्ट मोटर्सको 'इलेक्ट्रिफाइड न्यु इयर २०२६' योजना सार्वजनिक

पारामाउन्ट मोटर्सको 'इलेक्ट्रिफाइड न्यु इयर २०२६' योजना सार्वजनिक

 |  शुक्रबार, पुस ११, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०८२

काठमाडौं- एमजी र आइएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्षको अवसरमा 'इलेक्ट्रिफाइड न्यु इयर २०२६' नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारी साधन साटेर एमजी र आइएमका इलेक्ट्रिक गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्।

कम्पनीले यस योजनामा पुरानो गाडीको उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरीज र तत्काल डेलिभरी जस्ता सुविधाहरू उपलब्ध गराएको छ।

यो अफर डिसेम्बर २५ देखि देशभरका आधिकारिक एमजी शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Dec 26, 2025| 11:29 शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्