आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • क्रिसमस र नयाँ वर्ष लक्षित गर्दै दिपलले ल्यायो टेस्ट ड्राइभ र एक्सचेन्ज अफर

क्रिसमस र नयाँ वर्ष लक्षित गर्दै दिपलले ल्यायो टेस्ट ड्राइभ र एक्सचेन्ज अफर

 |  शुक्रबार, पुस ११, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०८२

काठमाडौं- लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम दिपल ुफेस्टिभ ड्राइभु सुरू गरेको छ।यो कार्यक्रममा ग्राहकले अत्याधुनिक इभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ बेनेफिटहरू पाउनेछन्। 

National life

पुस १० देखि १७ सम्म संचालन हुने यस अभियानमा ग्राहकहरूले नक्सालस्थित चांगान सोरुममा दिपलका प्रिमियम इभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्न सक्नेछन्।

यो अभियानको उद्देश्य चाडपर्वको खुसीसँग नेपाली उपभोक्तालाई स्मार्ट, स्वच्छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटीतर्फ प्रोत्साहन गर्नु रहेको छ। 

कार्यक्रममा फेस्टिभ डेकोरेसन, सान्टा रोबोटको अनुभवका साथै ग्राहकहरूले आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनेछन्।

दिपलले नवीनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्ने प्रयास स्वरुप यो अभियान सुरू गरेको हो।यसको उद्देश्य केबल अफर मात्र होइन ग्राहकसँग भावनात्मक सम्बन्ध निर्माण गर्नु पनि रहेको कम्पनीको भनाइ छ। 

प्रकाशित: Dec 26, 2025| 11:01 शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्