सोमबार, भदौ १५, २०८३

एनआइसी बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

 |  शुक्रबार, पुस ११, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०८२

काठमाडौं- एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको ७४४ औँ बैठकले अग्रवाललाई बुधवारदेखि  लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरेको हो।

अग्रवालले बुधवारै राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेर आफ्नो जिम्मेवारी सुरु गरेका छन्। तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले पुस ६ गते स्वीकृत गरेको थियो।

प्रकाशित: Dec 26, 2025| 10:10 शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्