बिहीबार, साउन १४, २०८३

डा केसीको समर्थनमा पेसागत संगठन आन्दोलित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विभिन्न पेसागत संघसंगठनले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको समर्थनमा आन्दोलन गर्ने निर्णय गरेका छन्। 

चिकित्सा शिक्षा सुधारको माग राखेर डा. केसी आमरण अनशन बसेको तीन साता बित्दा पनि वार्ताका माध्यमबाट समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै पेसाकर्मीहरुले आन्दोलन घोषणा गरेका हुन्।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको अगुवाइमा बुधबार राजधानीमा बसेको इन्जिनियर, शिक्षक, कानुन व्यवसायी, चिकित्सक, समाजसेवी पत्रकारलगायतको भेलाले डा केसीले उठाएका मागमा समर्थन जनाउँदै सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी संघका अध्यक्ष जगत तिमिल्सिनाले दिए। 

उनीहरूले डा. केसीसँग वार्ता गरी समस्या समाधान गर्न, चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा माथेमा आयोगको सुझाव अक्षरसः कार्यान्वयन गर्न, स्वायत्त र प्राज्ञिक क्षेत्र विश्वविद्यालयमा सरकारी हस्तक्षेप बन्द गर्न, वैचारिक आस्थाका आधारमा विश्वविद्यालयका पदाधिकारीमाथि भइरहेको विभेद अन्त्य गर्न, सरकारसँग माग गरेका छन्। 

आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि माघ १७ गते माइतीघर मण्डलामा कोणसभा आयोजना गर्ने कार्यक्रम छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।