बिहीबार, साउन १४, २०८३

रवि लामिछानेलाई प्रश्न : लौरो टेक्ने कि घण्टी बजाउने ?

 |  बिहीबार, पुस १०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) साहबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरुबीच कुपण्डोलस्थित कुमार बेनको निवासमा भेटवार्ता भएको हो।

भेटवार्तापछि बाहिरिँदै सञ्चारर्कीहरुसँग कुरा गर्दै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् भन्दै सञ्चारकर्मीले लामिछानेलाई प्रश्न गरेका थिए। सोको जवाफ दिँदै लामिछानेले अलिकति प्रतिक्षा गनुपर्ने जवाफ दिएका छन्।

बाक्लो भीडबीच सञ्चारकर्मीले ‘लौरो टेक्ने हो कि घण्टी बजाउने हो ?’ भनेर गरेको प्रश्नमा उनले भने, ‘अलिकति पर्खनुस् न। के भयो ? वार्ता राम्रो भयो मेरो अनुहारमा देख्नुभएन ? चमक छ हैन ? हो त्यही।

प्रकाशित: Dec 25, 2025| 17:06 बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्