काठमाडौं- डेल्टा अटोकर्प प्रालिअन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्रान्ड भेस्पा र एप्रिलियाले जाडो मौसम लक्षित विशेष योजना ल्याएको छ।दुवै ब्रान्डले 'चिसो विन्टर, तातो अफर' नामक विशेष योजना सार्वजनिक गरेका हुन्।
अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटरको खरिदमा ग्राहकले ७ हजार ५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन्।
मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ। यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ।