आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंक र डीएआई-उदय परियोजना विच साना तथा लघु उद्यम कर्जा विस्तारका लागि सम्झौता

ग्लोबल आइएमई बैंक र डीएआई-उदय परियोजना विच साना तथा लघु उद्यम कर्जा विस्तारका लागि सम्झौता

 |  बिहीबार, पुस १०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०८२

काठमाडौं- ग्लोबल आइएमई बैंक र डीएआई-उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने समझदारी भएको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका छन्।

National life

समझदारीपछि कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहज रूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने अपेक्षा गरिएको बैंकले जनाएको छ।

सम्झौताअनुसार डीएआई-उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका शाखा कार्यालयबाट सहज रूपमा कर्जा पाउनेछन्।

डीएआई-उदय परियोजनाले नेपाल सरकार तथा स्विट्जरल्याणड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा कार्य गर्दै आइरहेको छ। यस परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतितका लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित बैंक हो। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ।

Laxmi sunrise bank
kumari

बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले आफ्ना ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Dec 25, 2025| 13:55 बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्