बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वर्षा,अभि र श्रीहरि बने यामाहा 'एनआरआरसी २०२५'को च्याम्पियन

वर्षा,अभि र श्रीहरि बने यामाहा 'एनआरआरसी २०२५'को च्याम्पियन

 |  बुधबार, पुस ९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०८२

काठमाडौं-  यामाहा नेपालको मुख्य प्रायोजनमा सञ्चालित 'नेपाल रोड रेसिङ च्याम्पियनसिप (एनआरआरसी) २०२५' को फाइनल राउण्ड धुलिखेल रेस ट्र्याकमा उत्साहजनक रूपमा सम्पन्न भएको छ।

National life

डिसेम्बर २० मा आयोजित यस प्रतियोगितामा सबै राइडरहरूले 'वान-मेक रेसिङ फर्म्याट' अन्तर्गत यामाहा आर-१५ मोटरसाइकल प्रयोग गरेका थिए।

प्रतियोगिताको नेशनल श्रेणीमा श्रीहरि पौडेल, नोभिस श्रेणीमा अभि रिसाल र महिला श्रेणीमा वर्षा बस्नेतले उपाधि जितेका छन्। विजेताहरूले आगामी अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

यामाहाले नेपालमा मोटरस्पोर्ट्सको विकास, राइडरहरूको प्रतिभा प्रवर्द्धन र सुरक्षित रेसिङ संस्कृतिको निर्माणमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।

प्रकाशित: Dec 24, 2025| 12:03 बुधबार, पुस ९, २०८२
प्रतिक्रिया दिनुहोस्