मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशन र आमनिर्वाचन तोकिएकै समयमा गर्नु अपरिहार्य छ: नैनसिंह महर

महाधिवेशन र आमनिर्वाचन तोकिएकै समयमा गर्नु अपरिहार्य छ: नैनसिंह महर

 |  मंगलबार, पुस ८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको महाधिवेशन र मुलुकको आम निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन्।

National life

काठमाडौंको नयाँ बानेश्वरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको जिकिर गरेका हुन्।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन भनेको जनताको अभिमत नवीकरण गर्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले पार्टीभित्रको आन्तरिक जीवनलाई चलायमान बनाउन र नेतृत्वमा नयाँ ऊर्जा भर्न महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए।

१५औं महाधिवेशनका लागि महामन्त्रीका दाबेदार समेत रहेका नेता महरले महाधिवेशन र निर्वाचनलाई कुनै पनि बहानामा पर धकेल्ने वा बिथोल्ने गतिविधि भए त्यो कांग्रेस, संविधान र समग्र राष्ट्रकै हितविपरीत हुने चेतावनी दिएका छन्। संविधानले कोरेको बाटोभन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै उनले समयमै दुवै प्रक्रिया सुनिश्चित गर्नु नै अहिलेको मुख्य दायित्व भएको बताए।

महाधिवेशनमा हुने विलम्बले पार्टीलाई कमजोर बनाउने र निर्वाचन सार्ने खेलले लोकतन्त्रलाई नै सङ्कटमा पार्ने भएकाले सबै पक्ष यसप्रति गम्भीर हुनुपर्ने उनको तर्क छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2025| 17:43 मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्