मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा

पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा

 |  मंगलबार, पुस ८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०८२

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा गरेको छ। आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थानहद फुकुवा गरेको जानकारी गराएको हो।

National life

आयोगले यसअघि भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको भ्रमणममा रोक लगाउने निर्णय गरेको थियो।

गत असोज १२ गते आयोगको उक्त निर्णयमा उनीहरूलाई स्वीकृतिबेगर उपत्यकासमेत छाड्न नपाउने भनिएको थियो। तर, अनुसन्धान र छानबिनका लागि उनीहरूको बयान भइसकेको भन्दै आयोगले स्थानहद फुकुवा गरिएको जनाएको छ।

यद्यपि आयोगले पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भने स्थानहद कायमै राखेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2025| 17:10 मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्