सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुष्प खेतीका लागि ग्लोबल आइएमई बैंकले 'हरितगृह कर्जा' दिने

पुष्प खेतीका लागि ग्लोबल आइएमई बैंकले 'हरितगृह कर्जा' दिने

 |  मंगलबार, पुस ८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०८२

काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनका लागि हरितगृह प्रविधिको प्रयोग बढाउन र त्यसका लागि सहज कर्जा उपलब्ध गराउन सम्झौता भएको छ।

सम्झौता पत्रमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र एसोसिएशनका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यो सम्झौता अनुसार बैंकले पुष्प व्यवसायी तथा कृषकहरूलाई लक्षित गरी विशेष 'हरितगृह कर्जा' प्रवाह गर्नेछ भने एसोसिएशनले आफ्ना सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाबारे जानकारी गराउनेछ।

यस सहकार्यले पुष्प उत्पादन र उत्पादकत्व वृद्धि हुनुका साथै आधुनिक तथा जलवायु अनुकुलन प्रविधिको प्रयोग बढ्ने विश्वास लिइएको छ।

प्रकाशित: Dec 23, 2025| 10:47 मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्