मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेची भन्सार कार्यालयद्वारा पाँच महिनामा २० अर्ब १४ करोडको आयात

मेची भन्सार कार्यालयद्वारा पाँच महिनामा २० अर्ब १४ करोडको आयात

 |  मंगलबार, पुस ८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०८२

झापा- चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ मूल्यबराबरका वस्तु आयात भएका छन्।

National life

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१–८२ को सोही अवधिको तुलनामा एक अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् ७.५७ प्रतिशतले बढी हो। गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो।

चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ। यो अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो। यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन्।

कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८२–८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यातबाट छ अर्ब ८२ करोड दुई लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2025| 08:24 मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्