बिहीबार, साउन १४, २०८३

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

 |  सोमबार, पुस ७, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०८२

मन्थली (रामेछाप)। ऊर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन गराउने जिकिर गरेका छन्।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताएका हुन्। एक महिनाअघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो।

‘७०-८० असी वर्ष पुराना पार्टीहरूलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठूलो साहस यस पार्टीले गरेको छ,’ उनले भने।

जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफू सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरूको भन्दा फरक तरिकाले काम गरेको घिसिङको दाबी छ।

प्रकाशित: Dec 22, 2025| 19:47 सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्