सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • फागुनमा निर्वाचन गराउनु संवैधानिक बाध्यता छ : प्रधानमन्त्री कार्की

फागुनमा निर्वाचन गराउनु संवैधानिक बाध्यता छ : प्रधानमन्त्री कार्की

 |  सोमबार, पुस ७, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्वाचन सम्पन्न गराउनु नै सरकारको प्रमुख दायित्व भएको बताएकी छन्। आफैँले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको सोमबारको बैठकमा प्रधानमन्त्री कार्कीले फागुनमा चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्धारित समयमा नै निर्वाचन हुने बताएकी हुन्।

National life

सरकारको कार्यकाल ६ महिना रहेको, संसद्को दुई अधिवेशन बीचको समय र संसद् विघटन भएको ६ महिनाभित्र नयाँ संसद् ल्याउनुपर्ने संवेधानिक बाध्यता रहेको उनको भनाइ छ।

'६ महिनाको निर्वाचनको कुरा उठ्यो। त्यो समय पनि संविधान सम्मत भएको हुनाले हामीले अन्यथा भन्ने कुरा भएन। सरकाको समय वा संसद्को दुई अधिवेशनको बीचमा ६ महिनाभन्दा बढी सयम हुनुहुन्न भन्ने संविधानको बाध्यकारी व्यवस्था हाम्रासामू छ,' उनले भनिन् ।

भदौ २३ र २४ को घटना सोचभन्दा बाहिरको कुरा भएको प्रधानमन्त्रीको भनाइ छ। 'भदौ २३ र २४ सोच, समझभन्दा बाहिरको कहालिलाग्दो घटना भयो । त्यसपछि एक परिवर्तन आएको छ । सिंगो राष्ट्रले परिवर्तनको आवश्यकता छ भन्ने कुरा महसुस गर्‍यो । अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी 'फ्रन्ट रो'मा ल्याउने उनीहरूलाई मुलुकको सत्ता, शासनमा अगाडि बढाउने भन्ने धारणा सबैमा आएको छ । सबैमा भावना आयो कि अब परिवर्तन ल्याउनुपर्ने रहेछ,' उनले भनिन् ।

कुनै पनि राजनीतिक दल चुनावको विरुद्धमा नरहेको प्रधानमन्त्रीको भनाइ थियो। निर्वाचनमा कुनै पनि सुरक्षा चुनौती नरहेको पनि उनको भनाइ छ। सबै राजनीतिक दलहरू चुनावमा आउन उनको आग्रह थियो । सबै राजनीतिक दलहरू चुनावमा आएमा शान्ति सुरक्षाको चुनौती नहुने पनि उनले बताइन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 22, 2025| 18:33 सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्