बिहीबार, साउन १४, २०८३

मधेश प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित

 |  आइतबार, पुस ६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०८२

काठमाडौं । मधेश प्रदेशको सभामुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्।

आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन्। यादवको पक्षमा ७२ मत परेको थियो भने उनको विपक्षमा २४ मत परेको थियो।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर यादव निर्वाचित भएपछि उपसभामुख बबिता राउत इशरले एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव सभामा प्रस्तुत गर्नुनपर्ने जानकारी गराएका थिए।

यसअघि एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त भएपछि नयाँ सभामुख चयन गरिएको हो।

प्रकाशित: Dec 21, 2025| 16:44 आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्